नाकको रौं निकाल्नु हुन्छ ? यस्ता छन् साइड इफेक्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नाक र कानमा नचाहिने कपाल बढ्नुले मानिसको सौन्दर्यमा पनि ह्रास ल्याउने गर्दछ। यी अनावश्यक कपालबाट छुटकारा पाउन, धेरैले प्लकर र कोही मोमको सहारा लिन्छन्।

नाकको रौं निकाल्नुका बेफाइदाहरूः

एलर्जी– नाकको रौंले ब्याक्टेरिया, धुलो र फोहोरलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ । नाकको कपाल काट्दा या निकाल्दा यो धुलो, माटो श्वासप्रश्वाससँगै शरीरमा प्रवेश गरी एलर्जीका कारण बिरामी बन्न सक्छ ।

दुखाइ र जलन– नाकको रौं निकाल्दा धेरै पटक बिचमा नै टुक्रिने हुन्छ जसले गर्दा ति बाँकी रौंका कारण दुखाइ र जलन हुन थाल्छ ।

नाक संक्रमणको जोखिम– नाकको कपाल निकाल्दा वा काट्नुले नाकको संक्रमणको जोखिम बढाउन सक्छ। जब नाकको कपालको फोलिकल्स खुल्ला हुन्छ र ब्याक्टेरिया, फोहोर र धुलोका कणहरू छिद्रहरूमा जम्मा हुन थाल्छ। जसका कारण नाकमा संक्रमणको जोखिम बढ्छ ।

पक्षाघात– नाक भित्रको रौं काट्दा वा वेक्सिङ गर्दा रक्तनलीमार्फत मस्तिष्कमा संक्रमण हुन सक्छ। यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने संक्रमणको जोखिम झनै बढ्न सक्छ। यसका साथै रगत आपूर्ति गर्ने शिराहरूमा संक्रमणको क्लट बन्नका कारण पक्षाघातको जोखिम पनि बढ्न सक्छ।

दम– नाक भित्रको रौं निकाल्दा फोक्सोमा धुलो र माटोका कणहरू सजिलै प्रवेश गरेर दमको जोखिम बढाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: