बेइजिङ जाँदै परराष्ट्र सचिव भरतराज पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल चीन जाने भएका छन् । बेइजिङमा हुने नेपाल–चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन पौड्याल चीन जाने मन्त्रालयले जनाएको छ ।

बेइजिङमा १५ औं द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्र बैठक चैत २४ मा हुँदैछ । बैठकमा नेपालबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङ रहने छन् । बैठकले चीन र नेपालका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक परामर्श गर्नेछ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्