सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार तोलाको १ लाख ८ हजार रुपैयाँ रहेको सुनको मूल्य आज (मंगलबार) १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: