उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो ।

- Advertisement -
Ad imageAd image

चितवन-२, तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

उम्मेदवारलाई सोही दिन चुनाव चिह्न प्रदान गरिनेछ। वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा तनहुँ- बाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त छ।

त्यस्तैगरी चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद गएको थियो। त्यसपछि सो क्षेत्र रिक्त छ।

बारा क्षेत्र नम्बर-२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त छ। रिक्त रहेका तीन वटै क्षेत्रमा वैशाख १० गते एकै दिन उपचुनाव हुन लागेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्