तनहुँ १ मा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक खनालको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ- प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

- Advertisement -
Ad imageAd image
खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् ।  खनाल मनोनयन दर्ता र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मनोनयन दर्ता गर्ने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्