बारा – जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिटै फेरि संसदमा जान नसक्ने बताएका छन् ।
आइतबार बारा २ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।
राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि आवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए ।


प्रतिक्रिया दिनुहोस्