मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र प्रेम सुवालले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन्।

न्याय माग्न सिरहाबाट हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो।

- Advertisement -
Ad imageAd image

गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरुले मिटरब्याजी पीडितको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका भए पनि आइतबारको शून्य समयमा बडु र सुवालबाहेक अरु सांसदले आफ्नो विषय बनाएनन्।

बडुले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने बताउँदा सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकरा दिनुपर्ने बताए।

साथै आइतबारकै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न तयार रहेको बताए। सांसदहरुले गराएको ध्यानाकर्षणप्रति सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्