नेपाली कांग्रेसले बारा, चितवन र तनहुँमा अनुशासन उल्लंघनकर्ताको कारबाही फुकुवा गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ- नेपाली कांग्रेसले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनअघि स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा सम्पन्न बैठकले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने पनि निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालनसम्बन्धी निर्देशिका र नियमावलीलाई सुझावसहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array