सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ  ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array