इन्डियन प्रिमियर लिग: लखनउले दिल्लीलाई ५० रनले हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।

घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई पराजित गर्दै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो । दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए ।

लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए । जितसँगै लखनउले २ अङ्क जोडेको छ ।

जितसँगै २ अङ्क बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ । हारसँगै अङ्कविहीन दिल्ली छैटौँ स्थानमा रहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array