एमालेले उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौंं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

Array