सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ: मन्त्री ज्वाला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उनले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्य प्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिए ।

- Advertisement -
Ad imageAd image
प्रत्येक पालिकामा सडक पुर्‍याउने सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय जिल्लासमेतमा सडक यातायात विस्तार गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुपर्ने बताए ।

मन्त्री ज्वालाले पूर्वाधार तथा यातायात सञ्जालको विकासले विभिन्न समाजलाई जोड्नुका साथै स्थानीय व्यापारलाई बजारीकरण गरी जनताको आय आर्जनमा सहयोग पुर्‍याउने उल्लेख गर्दै यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्ने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्