स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औं: बाबुराम भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा.स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रूपमा लिन नहुने बताएका छन्।

नेपाली काँग्रेस पार्टी परित्याग गरेका वाग्लेको विद्रोह अर्थपरक रहेको भट्टराईले उल्लेख गरेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर सङ्कटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औं।

डा. वाग्लेले बिहीबार काँग्रेस परित्याग गरेको घोषणा गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array