काठमाडौँ – नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा.स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रूपमा लिन नहुने बताएका छन्।
नेपाली काँग्रेस पार्टी परित्याग गरेका वाग्लेको विद्रोह अर्थपरक रहेको भट्टराईले उल्लेख गरेका छन्।
डा. वाग्लेले बिहीबार काँग्रेस परित्याग गरेको घोषणा गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्