सम्मानजनक सहभागिता नपाए सरकार बाहिरै बस्छौँ: शेखर समूह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

- Advertisement -
Ad imageAd image
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।

‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्