सुनको मूल्य बढयो, यस्तो छ आजको बजार भाउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार भने १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्