थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओसले फाइनल खेल्दैछन् ।

खेल शुक्रबार साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array