काठमाडौँ – अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै अर्थशास्त्री वाग्लेले २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको उनको टिप्पणी छ ।
यद्यपि पछिल्ला वर्षहरुमा पार्टीभित्रका गतिविधिहरु नियालेका कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनले उल्लेख गरेका छन् ।
अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्