नेपाली कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो ।

बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवाले पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array