तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले तनहुँ-१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

मतदान आगामी वैशाख १० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Array