मन्त्रीको नाम छनोट गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बैठक बस्न लागेको हो।

बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ।

यसअघि गत मंगलवारका लागि बोलाईएको बैठक आजका लागि सरेको हो। बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन्।

जसअनुसार नेकपा (माओवादी केन्द्र)लाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array