एक-दुई दिनभित्र सरकारले पूर्णता पाउने सञ्चारमन्त्री शर्माको दावी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक-दुई दिनभित्र सरकारले पूर्णता पाउने दावी गरेकी छन्।

रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन्।

- Advertisement -
Ad imageAd image

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन्। सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समयदेखिको भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसद्मा विधेयक गइसकेका बताइन्।

‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्,‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ।’

उनले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिइन्। उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउने उल्लेख गरिन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्