उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र: सीके राउत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचन गर्न लागिएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपेन्द्र्र यादवलाई चोर बाटोबाट संसद छिराउन बारा २ मा उपनिर्वाचनको षड्यन्त्र गरिएको बताए ।

- Advertisement -
Ad imageAd image
पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई जनमत पार्टीमा भित्र्याउन आयोजना गरिएको सम्मेलनमा उनले बारा २ को उपनिर्वाचनमा कुशवाहले जित्ने दाबी गरे ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्