एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।

नेपाल क्रिकेट सङ्घ क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । टोलीमा नेपालले पछिल्लो समय लिग-२ खेलेका सबै खेलाडीहरूलाई समावेश गरेको छ ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप वैशाख ५ गतेबाट १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

प्रारम्भिक नेपाली टोली :

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी, देव खनाल,सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array