सरकारले मिटर ब्याज लिनुलाई अपराध घोषणा गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – सरकारले मिटर ब्याज लिनुलाई अपराध घोषणा गरेर सजायको कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।

मङ्गलवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गरेर मिटर ब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।

साहुसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेसबाट मिटर ब्याज पीडित पैदल हिँडेर काठमाडौँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array