अब बैंकहरुको ब्याजदर घट्दै जान्छ: गभर्नर अधिकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले अब बैंकको ब्याजदर घट्दै जाने बताएको छ । संसदीय अध्ययन तथा विकास संस्थानले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’ विषयक छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकको ब्याजको विषयमा व्यापक चर्चा भइरहेकोले अब विस्तारै घटदै जाने बताए । तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्दै जाने उनको भनाइ छ ।

गभर्नर अधिकारीले आगामी दिनमा ब्याजदर बढ्ने सम्भावना नरहेको र अहिलेको स्थिति हेर्दा बैशाखदेखि ब्याजदर घट्दै जाने बताए । आर्थिक वृद्धिदर पनि ४÷५ प्रतिशतको हाराहाराहारीमा हुने अनुमान रहेको गभर्नर अधिकारीले बताए ।समग्र अर्थतन्त्र नकारात्मक अवस्थामा भएको भन्दै हल्ला भइरहेको बताउँदै त्यस्तो अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array