हाम्रो हैसियतअनुसार तीन मन्त्रालय मागेका हौँ, यो अडान हो: झलनाथ खनाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले तीनवटा मन्त्रालय माग गरेको बताएका छन् ।

मंगलबार मिटरब्याज पीडित किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन बानेश्वर पुगेका खनालले एकीकृत समाजवादीले आफ्नो हैसियत अनुसार तीनवटा मन्त्रालय मागेको बताए ।

- Advertisement -
Ad image
उनले आफूहरूसँग १८ सांसद रहेकाले तीनवटा मन्त्रालयको दाबी स्वाभाविक रहेको बताए ।

“हामीले हाम्रो हैसियतअनुसार निर्णय गर्छौं । हामीसँग १८ सांसद छन् । हामीले तीनवटा मन्त्रालय माग गरेका छौँ । यो माग चाहिँ हाम्रो अडान हो भनेर हामीले प्रधानमन्त्रीसँग भनेका छौँ,” उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्