सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको एमालेका सचेतक बर्तौलाको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीमार्फत् सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको  प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।

सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्नेमा जाेड दिए।

- Advertisement -
Ad imageAd image

उनले प्रतिनिधिसभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उहाँहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्ने बताए।

सचेतक बर्तौलाले भने, ‘प्रतिनिधिसभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ। किनभने उहाँ रेफ्रीको भूमिकामा हुनुहुन्छ। रेफ्रीले कतिबेर सिठी बजाउने भन्ने कुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छ? हाम्रो नेता भनेको सभामुख हो, हामीले उहाँलाई विश्वास गर्नुपर्छ। कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युटअनुसार मात्रै सभामुख अगाडि बढ्नुपर्छ भनेर यदि हामीले भन्न थाल्यौँ भने जनप्रतिनिधि संस्था संसद गतिहीन हुनसक्छ।’

उनले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे।

उनले नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने बताए।

सचेतक बर्ताैलाले भने, ‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्न सक्नुभएन। निष्पक्षता उहाँको रहेन। कहीँ प्रश्न गर्ने भूमिका रह्यो भने हाम्रा संविधानमा र यही नियमावलीमा पनि हामीले आचरण अनुरूप काम नगरेमा प्रश्न गर्ने, त्यसको उपचार खोज्ने व्यवस्था गरेका छौँ। संसदलाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अंक गणित, प्रतिपक्ष वा सत्तापक्षको छायाँको आधारबाट अगाडि बढाउन हुँदैन।’

उनले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्