काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ ।मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् ।
आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर धर्नामा बसेका छन् ।
सरकाले उनीहरुसँग वार्ता गर्नका लागि समिति बनाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्