काठमाडौँ – नेपाल राष्ट्र बैंकले कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे बुझेरमात्रै ऋण लिन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत गर्दा लिने पाउने सेवा शुल्कका विषयमा सर्वसाधारणलाई अवगत गराएको हो ।
कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेरमात्र कर्जा लिन राष्ट्र बैंकले सचेत गराएको छ। ‘कर्जा उपयोग गर्दा कर्जाका लागि ब्याजमात्र नभई अन्य विभिन्न अवस्थामा शुल्कहरु पनि भुक्तानी गर्नुपर्ने हुन्छ’, राष्ट्र बैंकले भनेको छ,‘यस्तो शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्छ।’ ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व पनि रहेको राष्ट्र बैंकले अवगत गराएको छ।


प्रतिक्रिया दिनुहोस्