काठमाडौँ – मिटरब्याज पीडितहरुले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आएका पीडितहरुले मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनकै क्रममा सोमबार दिउँसो खुलामञ्च प्रवेश गर्न खोज्दा मिटरब्याज पीडित र नगर प्रहरीबीच धकेलाधकेलसमेत भएको छ। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरुले मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरे।
खुलामञ्च प्रवेश नपाएपछि उनीहरुले वीर अस्पताल अगाडि सडकमै बसेर विरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्