आजदेखि नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल र अमेरिकाका सेनाबीच आजदेखि ‘ल्यान्ड फोर्स टक’ (एलएफटी) हुने भएको छ । काठमाडौंमा हुने दुई देशका स्थल सेनाबीचको संवाद तीन दिनसम्म चल्नेछ ।

क्षमता अभिवृद्धिका लागि हुने संवादमा दुई देशका सेनाबीच सहकार्यका सम्बन्धमा छलफल हुनेछ ।

- Advertisement -
Ad image

संवादमा शान्ति मिसन, मानवीय सहयोग र विपद् प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानबारे छलफल हुने नेपाली सेनाले जनाएको छ ।

संवादका लागि २२ सदस्यीय अमेरिकी टोली शनिबार नै काठमाडौं आइसकेको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागी हुनेछ ।

सन् २०१८ देखि नेपाली र अमरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्