आइतबार सेयर बजार ओरालो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २६.८७ अंकले घटेको हो । आइतबार नेप्से परिसूचक १८८८.२७ को विन्दुमा झरेको छ ।

यसअघि गत बिहीबार पनि सेयर बजार ओरालो लागेको थियो । सो दिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कुल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array