गठबन्धन दलको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने भएको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

- Advertisement -
Ad imageAd image

संसद् सचिवालयकाअनुसार आजको बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ। विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका थिए । उनको चैत ७ गते निधन भएको थियो।

राष्ट्रिय सभा बैठकका लागि भने एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्