काठमाडौँ – सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्टाएको छ । यसमध्ये १० प्रतिशत ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्