पेरिस – किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो ।
एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्