राहुल गान्धीको सांसद पद खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – चार वर्ष पुरानो मानहानीको मुद्दामा अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै भारतीय राष्ट्रिय कांग्रेसमा पूर्वअध्यक्ष राहुल गान्धीको सांसद पद रद्द भएको छ।

भारतीय लोकसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै राहुल गान्धीको सांसद पद नरहेको जानकारी दिएको हो। भारतीय संविधानको अनुच्छेद १०२ (१) र जन प्रतिनिधित्व अधिनियम, १९५१ बमोजिम उनको संसद सदस्यता खारेज भएको लोकसभा सचिवालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

गान्धीलाई बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो। यद्यपि, अदालतले उनलाई तत्काल जमानत दिएको थियो।

अदालतले फैसलाविरुद्ध राहुललाई ३० दिनभित्र माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको थियो।

सन् २०१९ मा राहुलले मोदी थरलाई लिएर गरेको टिप्पणीलाई लिएर उनीमाथि अदालतमा मानहानीको मुद्दा दायर भएको थियो। ‘किन सबै चोरको थर मोदी छ?’ भन्ने टिप्पणी गरेको राहुलमाथि आरोप छ।

बिहीबार अदालतमा सुनुवाइको क्रममा राहुल सुरत अदालतमा उपस्थित थिए। राहुलका वकिलका अनुसार अदालतसमक्ष राहुलले कुनै पनि समुदायलाई आफ्नो अभिव्यक्तिबाट ठेस पुर्‍याउन नचाहेको बयान दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्