बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

धनगढी  – भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट  ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।  उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्