काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेकोमा असन्तुष्टि जनाएका छन् ।
बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले आफूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एनजिओ आई एनजिओले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेपाली सेनाको सङ्ख्या कति हुने भन्ने कुरा स्वयं नेपाल सरकारले घोषणा गर्ने र नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूको बारेमा बेला मौकामा प्रश्न उठिरहेको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्