काठमाडौँ – नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द्र सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो ।
माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।


प्रतिक्रिया दिनुहोस्