नेप्से परिसूचक १५.७६ अंकले गिरावट, माया खोला हाइड्रोपावरमा सकारात्मक सर्किट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २२ अंक बढेर बन्द भएको नेप्से, आज १५.७६ अंक घटेर १९३३.२९ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार १ अर्ब २९ करोडको शेयर कारोबार भएको बजारमा आज २६६ स्टकको ३० हजार ४८५ पटकको कारोबारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको ३७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यसै दिनदेखि कारोबारमा आएको हो। सो कम्पनीको शेयरमूल्य आज २६ रुपैयाँ ५० पैसा बढेर २९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि ५० को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ७.६२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, आज एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array