त्रिभुवन विश्वविद्यालय सुधारको लागि सरकार गम्भीर नबनेको देवकोटाको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरू विवरणहरू आए पनि सरकार गम्भीर नबनेको बताएका हुन् ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरू विवरणहरू कान्तिपुर दैनिक लगायतका सञ्चारमाध्यमहरूमा निरन्तर आएका छन् । तर, सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन । उच्च शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनरत यस विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो । त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग जोडदार माग गर्छु । पोखराको फेवाताल माथिको अतिक्रमण लगायतको ब्यहोरा पटक पटक संसदमा बोल्दासमेत जवाफ पाएको छैन । प्रतिवेदन सार्वजनिक गर्न र फेवाताल संरक्षणको स्थायी समाधानको कार्य योजना संसदमा पेस गर्नसमेत सरकारसँग अनुरोध गर्दछु ।’

उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरू जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसारी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

Array