वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको थालनी भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात गरेका हुन्। इजरायलमा रहेकी मन्जु थपलिया वैदेशिक रोजगारदाताको रुपमा कोषमा आबद्ध हुने पहिलो ब्यक्ति भएकी छिन् ।
वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई कोषमा ल्याउने योजना रहेको कोषले जानकारी दिएको छ।

‘श्रमिकले मासिक २ हजार २ रुपैयाँ कोषमा बचत गरे पुग्छ। ७ सय कोषमा हुन्छ। अरु रकम सबै बैंकमा बचत हुन्छ। २०४६ सालदेखि अहिलेसम्म ३० अर्ब रुपैयाँ कोषमा संकलन भइसकेको छ। कोषले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको पनि जानकारी दिएको छ। ७० लाख नेपाली व्यवसाय रहेकोमा १० लाख मात्रै अहिलेसम्म कोषमा आबद्ध भएको तथ्यांक छ। ज्ञवालीले ४ वर्षभित्र सबै वैदेशिक रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य रहेको बताए। यसका लागि कोषले गर्नुपर्ने सबै काम र योजनाहरु तदारुकताका साथ कार्यान्वयन गरिने उनको भनाइ छ। यस्तै, वैशाख १ गतेबाट अनौपचारिक रुपमा स्वरोजगार रहेका रोजगारदाताका लागि पनि यो कोषमा आबद्ध हुने कार्यविधि कार्यान्वयन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array