आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९२ पैसा र बिक्री दर १४२ रूपैयाँ ५६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६३ पैसा र बिक्री दर १६२ रूपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस्

Array