प्रसाद–२ को मार्सी धान गीत रिलिज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कथानक चलचित्र ‘प्रसाद–२’को ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत २४ गते रिलिज हुने ‘प्रसाद–२’को गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की र केकी अधिकारीका साथै आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायत  कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

Array