दक्षिणकालीमा जीप दुर्घटना, एकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जीप मंगलबार दिउँसो दुर्घटना भएको हो । मृतकको पहिचान खुलिसकेको छैन ।

दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्