बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ।

मङ्गलवार प्रधानमन्त्री ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा युवाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतङ्ककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए।

त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी गरेका थिए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्