तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार रिक्त रहेका दुवै स्थानमा हुने उपनिर्वाचनको मितिबारे जानकारी दिएको हो ।

तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती स्थान रिक्त छन् ।

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने तय भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता मुद्दामा पद गुमेको थियो । सोही रिक्त स्थानमा हुने उपनिर्वाचनको मितिमा नै हाल रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array