नेप्से २२.६५ अंकले बढ्यो, सबै उपसमूहमा हरियाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।

यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँ बराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ३६६.२३ कायम भएको छ ।

सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।

यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array