प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने: राजेन्द्र लिङ्देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाडी चलाउने ड्राइभरले जागिर छोडेझैँ गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले एउटा गाडी चलाउँदा चलाउँदै प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भनेको बताए ।

“प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो,” लिङ्देनले भने, “तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?”

उनले आफूहरुले धोका दिएको नभएर प्रधानमन्त्रीले नै धोका दिएको बताए ।

“हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका थियौ,” लिङ्देनले भने, “हामी बाहिरिएर सरकारले आशातीत सफलता हासिल गरेन भन्नुभयो । धेरै कामहरु त हामी हुँदै भएका छन् नि !”

प्रतिक्रिया दिनुहोस्

Array