नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन्।

ढुंगेल नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट उमेदवार बनेका थिए । १४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो।

त्यस्तै, सचिवमा नेविसंघका मनोज सिंह र कोषाध्यक्षमा अनेरास्ववियुका संजिता नेम्वाङ विजयी भएका हुन्। सदस्य तर्फको भने मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array